कृषि

चितवनमा चलिरहेको अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा रुपन्देहीदेखि मोरङसम्मका कृषकहरु सहभागी

Banner

चितवन, फागुन १४-

चितवनमा जारी चौथो कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनीको दोस्रो दिन विभिन्न जिल्लाका कृषकहरुले अवलोकन गरेका छन् ।

आज कृषकहरुसँगै, कृषि अध्ययनरत विद्यार्थीहरु प्रदर्शनीको अवलोकन गरेका थिए । सहभागीहरुले प्रदर्शनीमा रहेका कृषि सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठू–ठूला उपकरणहरु बारे परामर्श लिएका छन् ।

सबै स्टलहरुमा विभिन्न जिल्लाका परामर्श लिने कृषकहरुको घुइँचो लागेको छ । आज देशभरका २० भन्दा बढी स्थानीय तहका कृषकहरुले प्रदर्शनीको अवलोकन गरेको मिडिया स्पेस प्रालिका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले नारायणी अनलाइनलाई बताए । चितवनसहित मकवानपुर, नवलपुर, नवलपरासी, तनहुँ रुपन्देही, पूर्वको मोरङसम्मका स्थानीय तहबाट कृषकहरु सहभागी भएको उनले जानकारी दिए ।

यस्तै विभिन्न कृषि सहकारी संस्थाहरुबाट पनि सहभागी भएको उनले बताए । विदेशी कम्पनीहरुले नेपालमा भित्र्याएको नयाँ–नयाँ अटोमेटिक मेसिनका कारण कृषकहरुको सहभागिता बढेको उनले बताए ।

प्रदर्शनीको हल ‘ए’ स्थित क्लाइमेट्रोलको अधिकारिक बिक्रेता पिनाकल कम्पनीका प्रतिनिधि ज्ञानेन्द्र गिरीले आज कृषकहरुको उल्लेखिय सहभागिता रहेको बताए । क्लाइमेट्रोलले चिस्यान केन्द्र सम्बन्धी काम गर्दै आएको छ ।

आज चिस्यान केन्द्र बारे परामर्श लिन कृषकहरु उत्साहित रहेको गिरीले बताए । कृषकले व्यक्तिगत रुपमा भन्दा पनि कृषक समूहले चिस्यान केन्द्रबारे परामर्श लिएको उनले बताए । परामर्श लिने ग्राहकहरुबाट पनि राम्रो प्रतिक्रिया पाएको उनले बताए ।

अहिले स्थानीय सरकारहरुले पनि चिस्यान केन्द्रको योजना अघि सारेकोले कृषकहरुले यसमा चासो देखाएको उनको भनाइ छ । यो प्राविधिक बिषय भएकोले पनि किसानहरु यस बारे परामर्श लिन इच्छुक देखिएको उनको भनाइ छ । क्लाइमेट्रोल भारतीय कम्पनी हो ।

यस्तै हल ’बी’ मा अवस्थित एरोम्याक्स पोल्ट्री उपकरणका प्रोपाइटर अभिषेक गुप्ताले आज पोल्ट्रीसँग सम्बन्धित किसानहरुको राम्रो सहभागिता रहेको बताए । चल्ला हुर्काउने इलेक्ट्रिक मेसिन बारे परामर्श लिने किसानहरु बढी पाइएको उनले बताए ।

यसलाई इलेक्ट्रिक ब्रुडिङ सिस्टम भनिन्छ । यो मेसिन नेपाली बजारमा नयाँ हो । यस कारण पनि किसानहरु यसबारे परामर्श लिन बढी उत्साहित भएको उनको बुझाइ छ । पहिला चल्ला उत्पादनका लागि ग्यास प्रयोग गर्ने गरिन्थ्यो भने अब इलेक्ट्रिक मेसिन प्रयोग गरेर कम लागतमा चल्ला हुर्काउन सकिने उनले जानकारी दिए ।

यसले प्रदूषण पनि कम गर्ने उनको भनाइ छ । यसले अटोमेटिक रुपमा चल्लालाई आवश्यकता अनुसार तापक्रम दिन्छ । यस्तै अण्डाबाट चल्ला उत्पादन गर्ने मेसिनबारे पनि कृषकहरुले परामर्श लिएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>