Breaking News

चितवनबाट चुनाव लड्ने तयारीमा बादल

Banner

चितवन, फागुन १४–

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने बताउनु भएको छ ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा बोल्दै नेता बादलले पार्टीले टिकट दिए चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बताउनु भएको हो । उहाँले विमानस्थलमा पत्रकारहरुसंग कुरागर्दै भन्नुभयो–‘आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झैं चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठछु, संविधान सभाको निर्वाचनमा पनि त्यहीँबाटै विजयी भएको थिएँ ।’

अहिले सो निर्वाचन क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित हुनुहुन्छ । आगामि निर्वाचनमा पनि पोखरेलले दावी रहने निश्चित छ । यसले गर्दा दुई नेताबीच टकराव हुने अवस्था देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>