देश/प्रदेश

रामचन्द्र पौडेलले भनेः एमसीसी अमेरिकी जनताको उपहार हो

Banner

दमौली, फागुन १३–

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी नेपालका लागि अमेरिकी जनताको उपहार भएको बताएका छन् । नेपालको विकासका लागि एमसीसी आवश्यक रहेकाले बताउँदै उनले यसलाई पारित गर्नुपर्ने धारणा राखेका छन् ।

तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले एमसीसी अमेरिकी जनताको उपहार भएकाले अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका हुन् । बिहीबार तनहुँ पुगेका नेता पौडेलले व्यास नगरपालिका–७ कलेस्ती, गजौडे, वृता, भानुको टुहुरेपसल र रम्घाटार, महन्ते हटिया, देउरालीटारलगायत स्थानमा पुगेर कार्यकर्ताहरूसँग भेटघाट गरेका छन् ।

उनले राजनीति र विकाससँगै लैजान सके जनताको समस्या समाधान गर्न सकिने बताएका छन् । उनले जनताको हरेक समस्या समाधानका लागि जनप्रतिनिधि सदैव प्रतिबद्ध हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>