Breaking News
एमालेको साथ खोज्दै प्रधानमन्त्री देउवा, ओलीसँग संसद भवनभित्र नै भेटवार्ता
०

काठमाडौँ, फागुन १२
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद भवनमै भेटवार्ता भएको छ ।
संसद बैठक स्थगित भएपछि नयाँ बानेश्वरस्थित संसद भवनमै देउवा र ओलीबीच छलफल सुरु भएको हो ।
एमसीसीलाई संसदमा छलफलमा लैजान कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले संसद बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए ।
एमसीसीमा सहमति जुटाउन आजको बैठक सारेका प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलको साथ लिन ओलीसँग वार्ता थालेका हुन् । एमसीसीमा सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने जनाएपछि पारित गराउन प्रधानमन्त्रीले प्रतिपक्षी एमालेको साथ खोजेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























