अन्तर्राष्ट्रिय
रुसका पाँच जहाज र एउटा हेलिकोप्टर खसालिदिएको युक्रेनी सेनाको दाबी
०
किभ, फागुन १२–
पूर्वी युक्रेनमा पाँच ओटा रुसी जहाज र एउटा हेलिकोप्टर खसालिदिएको युक्रेनी सेनाले दाबी गरेको छ ।
‘संयुक्त फौज कमान्डअनुसार आज २४ फेब्रुवरीमा संयुक्त फौज कारबाहीको क्षेत्रमा आक्रमणकारीको पाँच जहाज र एउटा हेलिकोप्टर गोली हानेर खसालिएको छ,’ युक्रेनी सेनाले भनेको छ ।
यसबारे रुसी सेनाले कुनै टिप्पणी गरेको छैन् । यसअघि रुसी फौजले राजधानी किभनजिककैका विमानस्थलहरुमा क्षेप्यास्त्र हमला गरेको जनाएको थियो । एउटा फेसबुक सन्देशमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>