चितवन विशेष
चितवनमा एमसीसीको विरोधमा वाईसीएल र अखिल (क्रान्तिकारी)ले निकाले मसाल जुलुस

चितवन, फागुन ११–
चितवनमा अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा आज (बुधबार) साँझ मसाल जुलुस निकालिएको छ ।
सत्तारुढ नेकपा (माओवादी) केन्द्रको भातृ संगठन वाइसीएल चितवन र अखिल (क्रान्तिकारी) चितवनको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको हो । भरतपुरको विरेन्द्र क्याम्पस गेटबाट निस्किएको जुलुस चौविसकोठीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोण सभामा अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक अविनाश रम्तेलले संचालन गरेका थिए भने वाइसीएल जिल्ला ईन्चार्ज साजन अधिकारीले सम्बोधन गरेका थिए । उनले एमसीसीको पक्षमा उभिने सांसदलाई चितवन प्रवेशमा रोक लगाउने चेतावनी दिए ।
कार्यक्रममा माओवादी केन्द्रका महानगरकी उपाध्यक्ष पवित्रा रिजाल, सह–सचिव प्रकाश कंडेल, वाइसीएल केन्द्रीय सदस्य सन्तोष पनेरु, अखिल (क्रान्तिकारी) बागमती प्रदेश अध्यक्ष सुरज सिंह ठकुरी, वाइसीएल जिल्ला संयोजक रामु गोदार, वाइसीएल भरतपुर महानगर इन्चार्ज दिवाकर श्रेष्ठ, जिल्ला सचिव राजु भुसाल, महानगर संयोजक दीपेन्द्र पन्डित, सचिव सतिश ढकाललगाएत जिल्ला नेताहरुको उपस्थित रहेको थियो ।
























