चितवन विशेष

अटोमोबाइल्स एशोसिएसनको स्थापना दिवसमा भरतपुरमा ८१ जनाले गरे रक्तदान

Banner

चितवन, फागुन ११-

चितवन अटोमोबाइल्स एशोसिएसनको २७ औं स्थापना दिवसको अवसरमा भरतपुरमा ८१ जनाले रक्तदान गरेका छन् ।

खुला रक्तदान कार्यक्रम चितवन अटोमोबाइल्स एशोसिएसन र अटोमोबाइल्स बचत तथा ऋण सहकारी संस्थाले संयूक्तरुपमा आयोजना गरेका हुन् । कार्यक्रममा ७४ जना पुरुष र सात जना महिला गरी जम्मा ८१ जनाले रक्तदान गरेका छन् ।

चितवन अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा अटोमोबाइल्स बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भीमलाल न्यूरेले स्वागत मन्तव्य राखेका थिए । भरतपुर महानगरपालिका–१० मा भएको कार्यक्रममा भरतपुर वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारी प्रमुख अतिथि, चितवन अटोमोबाइल्स एशोसिएसनका संस्थापक अध्यक्ष निरकुमार पियाको विशेष अतिथि रहेका थिए । राजेन्द्र भट्टराई र दिपककुमार रानाभाटले संयोजन गरेको कार्यक्रम चितवन अटोमोबाइल्स एशोसिएसनका सचिव भिमप्रसाद सुवेदीले सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>