Breaking News
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, जुटेन एमसीसीमा सहमति
०

काठमाडौँ, फागुन १०–
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने, अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार विमर्श भएको हो । प्रधानमन्त्री देउवाले एमसीसीमा सघाउन ओलीसंग आग्रह गरेका छन् । तर ओलीले एमसीसीको पक्षमा मत हाल्ने विषयमा अझै खुलस्त पारेनन् ।
प्रतिनिधिसभामा यही फागुन ८ गते एमसीसी प्रस्तुत भएपछि सत्तारूढ दलहरुबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा एमसीसी पारित गराउन सक्रियताका साथ लाग्नुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























