चितवन विशेष

चितवनमा किर्ते गरि मोटरसाइकल विक्री गर्ने एक जना पक्राउ

०
Banner

चितवन, फागुन १०–

चितवनमा किर्ते सवारी दर्ता किताब तयार गरि मोटरसाइकल विक्री वितरण गर्ने एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले गोप्य सूचनाको आधारमा भरतपुर–१० स्थित रिजाल चोकबाट सर्लाहीको हरिवन नगरपालिका–१ का ३२ वर्षीय सुमित साहलाई पक्राउ गरेको हो । उनलाई चितवन जिल्ला अदालतमा पेश गरिएको छ ।

गत भदौं २७ गते चितवन प्रहरीले चोरीका विभिन्न कम्पनीका ६ वटा मोटरसाईकल र ८ जनालाई ब्यक्तिलाई पक्राउ गरेको थियो । उनीहरुलाई चितवन जिल्ला अदालतमा पेश गरिएको थियो । सोही मुद्धामा संलग्न भई फरार रहेका साहलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>