अटो

सबैभन्दा धेरै माइलेज दिने कार सुजुकी सेलेरियो चितवनको बजारमा भित्रियो

Banner

चितवन, फागुन १० –
सबैभन्दा धेरै माइलेज दिने कार सुजुकी सेलेरियो चितवनको बजारमा भित्रिएको छ ।

चितवनका सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा जेपी मोेटो क्रपले सबैभन्दा धेरै इन्धन किफायति प्रभावकारी पारिवारिक कार सेलेरिया सार्वजनिक गरेको छ । आज भरतपुरमा एक कार्यक्रमका बीच वितरककी बजार प्रमुख लिला बन्जाराले सार्वजनिक गरिन् ।

सेलेरियो २७ लाख ९९ हजार, २९ लाख ९९ हजार र ३१ लाख ९९ हजार गरी तीन वटा मुल्यामा उपलब्ध छ ।

सर्वाधिक माइलेज दिने सो गाडीको कम सञ्चालन खर्चका कारण बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केही राहत मिल्ने कम्पनीको विस्वास रहेको कम्पनीका डाइरेक्टर जेम्स महत्तोले बताए ।

महत्तोका अनुसार नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू छन् ।
कम्पनीका म्यानेजीङ डाइरेक्टर प्रतिक श्रेष्ठका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेजबिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर र नयाँ डिजाइन रहेको छ ।

श्रेष्ठका अनुसार नयाँ सेलेरियोले थ्रि डी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ । स्टाइलिश थ्रि डी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ । १५” (३८.०२ सेन्टीमिटर) अर्बन कालो अल्लो पाङ्ग्रा र अगाडिको फग ल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्ने श्रेष्ठको भनाइ छ ।

श्रेष्ठका अनुसार नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक गरिएको छ । स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रि डी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम अनुभव दएको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको श्रेष्ठले बताए ।

पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेशनको डियुल जेट, डियुल भिभिटी युक्त के सिरिज इन्जिन प्रयोग गरेको छ । जसले नेपालमै सर्वाधिक २६.६८ किलोमिटर प्रतिलिटर माइलेज दिनसक्ने श्रेष्ठको दाबी छ । उनका अनुसार सेगमेंटमै पहिलो आइठल स्टार्ट स्टप प्रयोग गरिएको नयाँ सेलेरियोले सिओटु इमिशनलाई १९ प्रतिशतसम्म घटाउने छ । अत्याधुनिक प्रविधिद्वारा संचालित, नयाँ सेलेरियोले ८९ एनएम ३५०० आरपिएम को टर्क र ६७ पिएस ५५०० आरपिएम को पावर प्रदान गर्ने उनले जानकारी दिए । उनका अनुसार नेक्स्ट–जेन के–सिरिज इन्जिनको विकास अत्याधुनिक प्रविधि जस्तै कूल्ड ईजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिन्छ ।

नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । हर्टएक्ट प्लेटफर्मले कारको क्र्यास, रिजिडिलिटी र समग्र बललाई सुधार गर्छ । उच्च तन्य स्टीलको व्यापक प्रयोग र १२ प्लस सुरक्षा सुविधाले सुरक्षित ड्राइभ सुनिश्चित गर्ने कम्पनीको विस्वास रहेको श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>