अन्तर्वार्ता

भरतपुरको सिजी ल्यान्डमार्क नेपालकै पहिलो र एकमात्र युनिफाइड सपिङ मल हो: केसी

अन्तरवार्ता:

Banner

देशकै मध्यभागमा रहेको चितवन तीव्र गतिमा आधुनिकता तर्फ उन्मुख छ । भूगोलका हिसाबले समेत चितवन अत्याधुनिक सहरको रुपमा विकसित हुने सम्भावना अन्य सहरको तुलनामा बढी छ । मुलुकको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुपले तत्कालको मात्र नभएर भविष्यको आवश्यकता समेतको आंकलन गरेर चितवनको भरतपुरमा अत्याधुनिक सपिङ मल निर्माण गरी सञ्चालन गरिरहेको छ । सिजी ल्यान्डमार्क देशभरका अन्य सपिङ मलभन्दाविल्कुलै फरक ढंगले युनिफाइड सपिङ मलको रुपमा स्थापित भएको मल व्यवस्थापक उज्ज्वल केसी बताउँछन् । यसै सेरोफेरोमा रहेर मल म्यानेजर केसीसँग गरिएको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय तपाइँहरु सिजी ल्यान्डमार्कलाई मुलुकको एकमात्र युनिफाइड सपिङ मल भनिरहनुभएको छ, के-के भयो भने युनिफाइड भन्न मिल्छ ?

एकीकृत सेवा सुविधाका हिसाबले हामीले युनिफाइड भनेका हौं । यहाँ मल्टिनेसनल होटलदेखि दैनिक आवश्यकताका वस्तु पाइने ग्रोसरी सप सम्म छ । यस किसिमको मल नेपालमा अरु छैनन् । कोही कुनै चिजका लागि विशिष्ट छन् । कोही कुनै वस्तुका लागि । यस्तो किसिमको एकीकृत सेवा सुविधा अन्यमा छैन । तपाइँ आफैं हेर्न सक्नुहुन्छ । नेपालमा तपाइँले बहुराष्ट्रिय होटलसमेत भएको सपिङ मल यहाँ बाहेक अन्यत्र भेट्टाउनु हुन्न ।

सपिङ मलहरुमा रेस्टुरेन्ट, फुडकोर्ट, सिनेमा हलसम्म त पाउनुहुन्छ, तर कन्फरेन्स हल, गेमजोन, फर्निचर ब्यांकेट जस्ता सुविधा पाउन सक्नुहुन्न । बैँकका एटिएम काउन्टरहरु त सामान्य कुरा नै भइहाले । त्यसकारण हामीले यसलाई देशकै एकमात्र युनिफाइड सपिङ मल भनेका हौं । यहाँ नुनदेखि सुनसम्म, लत्ताकपडादेखि फर्निचरसम्म सबै पाइन्छ।

बहुराष्ट्रिय होटल नै छ भन्नुभयो, त्यस्तो होटलको सेवा त सर्वसाधारणको पहुँचभन्दा टाढा होला नि !

अन्य सपिङ मलको भन्दाविशेष के छ त भन्ने सन्दर्भमा त्यो कु्रा गरेको हुँ । यहाँ सर्वसाधारणको पहुँचभित्रका रेस्टुरेन्ट, फुडकोर्टहरु पनि पर्याप्त मात्रामा छन् । तपाइँहरुलाई सम्झना हुनुपर्छ हाम्रो नारा नै सहरभित्रको सहर भन्ने छ । जसरी एउटा सहरभित्र सबै किसिमका मानिस अटाउँछन् । त्यसैगरी सिजी ल्यान्डमार्कले पनि सबै तह र तप्काका ग्राहकको आवश्यकता सम्बोधन गर्ने लक्ष्यलिएर सोही अनुसारको व्यवस्था गरेको छ ।

यहाँ बहुराष्ट्रिय कम्पनी केएफसीको आउटलेटदेखि मल्टिक्विजिन रेस्टुरेन्ट र फुडकोर्टसम्म छन् । छुट्टै किसिमको आनन्द लिन चाहने ग्राहकका लागि स्विमिङ पुलसहितको रुफटप रेस्टुरेन्ट छ । मल्टिनेसनल होटल त्यही किसिमका ग्राहकको लागि हो । जसमा ४८ वटा कोठा छन् ।

तपाइँहरु आफूलाई चितवनमा ब्रान्डेड सामानको गन्तव्य भन्नुहुन्छ । के छ त्यस्तो ?

सिजी ल्यान्डमार्कमा ६० बढी ब्रान्डेड आउटलेट छन् । जसमा स्वदेशी विदेशी दुवै किसिमका ब्रान्डहरु पर्छन् । कपडा, जुत्ता, कस्मेटिक्सलगायतका विश्वविख्यात ब्रान्डका आउटलेट चितवनमा यहाँ मात्रै छ । त्यो पनि एक दुई होइन, नेपाल आएका लगभग सबै जसो बहुराष्ट्रिय ब्रान्डका आउटलेट यहाँ छन् । अल्ट्रियम कफी सप, फुडकोर्ट, ग्रोसरी मार्ट, फास्ट फुड स्टल, विशाल एलईडी स्क्रिनसिजी ल्यान्डमार्कका थप विशेषता हुन् ।

सिजी ल्यान्डमार्क पुग्नैपर्ने अरु चिज के छन्, त्यो पनिबताइदिनुस् न ?

यहाँ आउने ग्राहकले पार्किङ कता गर्ने होला भन्ने चिन्तालिनु पर्दैन । डबल बेसमेन्ट पार्किङ छ । हाम्रो सपिङ मल पूर्ण वातानुकूलित छ । चर्को जाडो वाचर्को गर्मीको अनुभव गर्नु पर्दैन । केटाकेटीका लागि गेम जोनदेखि सैलुनसम्मको सुविधा छ । कुनै दिन बन्द हुन्छ कि भन्नु पर्दैन । हामीले सकेसम्म सबै किसिमका ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेका छौं । सबैभन्दा महत्वपूर्ण विषय भनेको विश्वका ठूलाठूला सहरमा रहेका अत्याधुनिक सपिङ मलमा पाइने भौतिक सुविधा यहाँ छ । जो यहाँ आउँछ उसले आफ्नै ठाउँमा विश्वस्तरीय सुविधा उपभोग गर्न पाउँछ, जो आउँदैन ऊ त्यसमा चुक्छ ।

कुरा त निकै ठूला गर्नुभयो । ग्राहकको रेस्पोन्स चाहिँ कस्तो छ ?

ग्राहकको रेस्पोन्सको त कुरै नगर्नुस् । एकदमै उत्साहजनक छ । ग्राहकमात्रै होइन, यहाँ आउने व्यवसायीहरु पनि उत्तिकै लालायित छन् । यस किसिमको एकीकृत सेवा सुविधा अन्यत्र नपाइने भएकाले पनि उहाँहरुले यहाँ आउने इच्छा व्यक्त गर्नुभएको हो । ग्राहकको हकमा गुणस्तरीय सामान र सुविधाको हब भएकाले उहाँहरुको आकर्षण बढेको हुनुपर्छ ।

तपाइँको कुराले त सिजी ल्यान्डमार्क भित्र दर्जनौंको संख्यामा व्यवसायहरु सञ्चालन भइरहेको देखिन्छ । यसबाट कति रोजगारी सिर्जना भएको होला ?
रोजगारी सिर्जनामा पनि हामी आफूलाई देशका अन्य सपिङ मलको तुलनामा नम्बर वान मान्छौं । सपिङ मल आफैँले सिर्जना गरेको रोजगारी एकातिर छ भने अर्कातिर यहाँ सञ्चालित व्यवसायले सिर्जना गरेको रोजगारी छ । यो मलले कम्तीमा धेरै जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । अप्रत्यक्ष रुपमा पनि उल्लेख्य संख्यामा रोजगारी सिर्जना भएको छ ।

सिजी ल्यान्डमार्कका विशेषतालाई संक्षेपमा भन्नुपर्‍यो भने के भन्नुहुन्छ ?

धेरै कुरा अघि नै भनिसकेको छु । यहाँका सुविधालाई संक्षेपमा भन्नुपर्दा लोकप्रिय ब्रान्डका ६० भन्दा बढी सोरुमहरु छन् । जहाँ तपाईंले जुत्तादेखि विद्युतीय सामग्रीसम्म, फर्निचरदेखि कस्मेटिक्स सामानसम्म पाइन्छ । अत्याधुनिक मल्टिप्लेक्स छ, जहाँ एकसाथ दुईवटा स्क्रिनमा चलचित्र देखाइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>