चितवन विशेष

चितवनमा माओवादी केन्द्रको वडा तहमा भातृ संगठन विस्तार

Banner

चितवन, फागुन ९–

नेकपा (माओवादी केन्द्र) भरतपुर–१४ को भातृ संगठन पुर्नगठन गरिएको छ । आज कालिका मन्दिरमा भएको कार्यक्रममा विभिन्न ७ वटा कमिटी पुर्नगठन गरिएको हो। युवा संगठन (योङ्ग कम्युनिष्ट्र लिग) वडा कमिटी अध्यक्षमा दिपेन्द्र पौडेल चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा केशवराज पौडेल, उपाध्यक्षमा अस्मिन परेल, सचिवमा ईश्वरराज आलेमगर, सह–सचिवद्वय सानुमाया आलेमगर र मिसन अधिकारी, कोषाध्यक्षमा सागर अधिकारीसहित २५ सदस्यीय कमिटी गठन गरिएको हो ।

यस्तै अखिल क्रान्तिकारी भरतपुर–१४ को अध्यक्षमा सागर दवाडी, उपाध्यक्षमा नितेश बराल, सचिवमा भिष्म खत्री, सह–सचिव प्रीतम वि.क. र कोपिला सुनार, कोषाध्यक्षमा आकृति परियारसहित ११ सदस्य समिति चयन गरिएको छ ।

त्यस्तै अखिल किसान महासंघको अध्यक्षमा हरिभक्त पौडेल, सचिवमा वष्णु प्रसाद दाहाल, कोषाध्यक्ष पद्मा गौतमसहित ९ सदस्य कमिटी गठन भएको छ । यस्तै दलित संगठनको अध्यक्षमा सुमित्रा विश्वकर्मा, उपाध्यक्षमा चन्द्र सेन्चुरी, सचिवमा दल बहादुर विश्वकर्मा, कोषाध्यक्ष आरती विश्वकर्मासहित १७ सदस्य कमिटी गठन गरिएको छ ।

त्यसैगरि जनजाती संगठनको अध्यक्षमा बेगबहादुर गुरुङ, उपाध्यक्षमा समशेर गुरुङ, सचिव विमल गुरुङ, सहसचिवमा सुजन गुरुङ, कोषाध्यक्ष मैते गुरुङ सहित ११ सदस्यीय कमिटी निर्विरोध चयन भएको वडा पार्टी कमिटीका अध्यक्ष बाबुराम दाहालले जानकारी दिए ।

कार्यक्रममा माओवादी केन्द्र भरतपुर महानगर अध्यक्ष ईश्वर सापकोटा ‘सुमन’ले आफ्नो जनप्रतिनिधिले गरेका विकास निर्माणका काम जनता माझ लिएर जान निर्देशन दिए । उनले आगामी स्थानीय निकायको निर्वाचनको तिब्र तयारी गर्न समेत आग्रह गरे ।

कार्यक्रममा माओवादी नेताहरू नन्दलाल दाहाल, निशा न्यौपाने, प्रकाश कंडेल, अविरल पोखरेल, वाईसीएल चितवन ईन्चार्ज साजन अधिकारी, जिल्ला सचिव राजु भुषाल,भरतपुर ईन्चार्ज दिवाकर श्रेष्ठ, अखिल क्रान्तिकारी भरतपुर अध्यक्ष पिङ्गलराज पन्त लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>