अन्तर्राष्ट्रिय

महारानी एलिजाबेथ कोभिड सङ्क्रमित

Banner

लन्डन, ९ फागुन –
बेलायतकी महारानी एलिजाबेथ द्वितीया कोभिड-१९ सङ्क्रमित हुनुभएको छ । तर उहाँमा सङ्क्रमणको लक्षण भने “हल्का” छ । अहिले उहाँ आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहनुभएको छ ।

महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चार्ल्सले फेब्रुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको दुई दिन पछि उहाँ सङ्क्रमित हुनुभएको खबर बाहिरिएको हो। “बकिङ्घम दरबारले विज्ञप्तिमार्फत उहाँ सङ्क्रमित हुनुभएको पुष्टि गरेको छ। “उहाँले हल्का चिसो भएको जस्तो लक्षणहरू अनुभव गरिरहनुभएको बताइएको छ ।

उहाँले कोभिड विरुद्धको खोप भने लगाइसक्नुभएको छ। (रासस-एएफपी)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>