चितवन विशेष

भरतपुर महानगर–१४ मा माओवादी केन्द्रका सात कमिटी गठन

Banner

चितवन, फागुन ९-

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका–१४ मा भातृ संगठन वाईसीएललगायत विभिन्न भातृ संगठनका नयाँ कमिटी गठन गरेको छ ।

आज कालिका मन्दिरमा भएको कार्यक्रममा विभिन्न सातवटा कमिटी गठन गरेको हो ।

वाईसीएलको अध्यक्षमा वडा कमिटी अध्यक्ष दिपेन्द्र पौडेल चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा केशवराज पौडेल, उपाध्यक्षमा अस्मिन परेल, सचिवमा ईश्वरराज आलेमगर, सहसचिवद्वय सानुमाया आलेमगर र मिसन अधिकारी, कोषाध्यक्षमा सागर अधिकारी सहित २५ सदस्य गठन भएको हो ।

यस्तै अखिल क्रान्तिकारी भरतपुर १४ मा अध्यक्ष सागर दवाडी, उपाध्यक्ष नितेश बराल, सचिव भिष्म खत्री, सहसचिव प्रीतम विक र कोपिला सुनार, कोषाध्यक्ष आकृति परियारसहित ११ सदस्य समिति बनेको छ ।

यस्तै अखिल किसान महासंघको अध्यक्षमा हरिभक्त पौडेल, सचिव विष्णुप्रसाद दाहाल, कोषाध्यक्ष पद्मा गौतमसहित ९ सदस्य कमिटी गठन भएको छ । यस्तै दलित संगठनको अध्यक्षमा सुमित्रा विश्वकर्मा, उपाध्यक्षमा चन्द्र सेन्चुरी, सचिवमा दलबहादुर विश्वकर्मा, कोषाध्यक्ष आरती विश्वकर्मा सहित १७ सदस्य कमिटी गठन भएको छ ।

जनजाति संगठनको अध्यक्षमा बेगबहादुर गुरुङ, उपाध्यक्ष समशेर गुरुङ, सचिव बिमल गुरुङ, सहसचिव सुजन गुरुङ, कोषाध्यक्ष मैते गुरुङसहित ११ सदस्यीय कमिटी निर्विरोध चयन भएको वडा पार्टी कमिटीका अध्यक्ष बाबुराम दाहालले जानकारी दिए ।

कार्यक्रममा माओवादी केन्द्र भरतपुर महानगर अध्यक्ष ईश्वर सापकोटा ‘सुमन’ले आफ्नो जनप्रतिनिधिले गरेका विकास निर्माणका काम जनता माझ लिएर जान निर्देशन दिए । उनले आगामी स्थानीय निकायको निर्वाचनको तीव्र तयारी गर्न समेत आग्रह गरे ।

कार्यक्रममा माओवादी नेताहरू नन्दलाल दाहाल, नीशा न्यौपाने, प्रकाश कँडेल, अविरल पोखरेल, वाईसीएल चितवन इन्चार्ज साजन अधिकारी, जिल्ला सचिव राजु भुषाल, भरतपुर इन्चार्ज दिवाकर श्रेष्ठ, अखिल क्रान्तिकारी भरतपुर अध्यक्ष पिंगलराज पन्त लगायत अतिथि रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>