Breaking News
एमसीसी आजै संसदमा टेबुल गरिदै, संसद भवन बाहिर प्रदर्शन सुरु
०

काठमाडौँ, फागुन ८–
संघीय संसद भवन बाहिर प्रदर्शन सुरु भएको छ । अमेरिकी सहायता परियोजना (एमसीसी) आजै संसदमा टेबुल गर्ने सरकारले तयारी गरेपछि एमसीसीको विरोधमा प्रदर्शन सुरु भएको हो ।
नयाँ बानेश्वर क्षेत्रमा अहिले ठूलो प्रदर्शन भइरहेको छ । सरकारमा रहेकै दलहरुका भातृ संगठनहरुले विरोध प्रदर्शनलाई चर्काएका छन् । नेकपा एसनिकटका भ्रातृ संगठनले रेखी हाल्ने, अग्नि स्थापना गरी, दुनाटपरीसमेत राखेर धार्मिक कार्यक्रमको झल्को दिएका छन् । केही प्रदर्शनकारी पुजारी बनेर सांकेतिकरूपमा एमसीसीको ‘स्वाहा’ गरिएको छ ।
पूजाआजामा देवताको तृप्तिका निम्ति अग्निमा हवन गर्दा मन्त्रका रूपमा स्वाहा उच्चारण गरिन्छ । प्रदर्शनमा एसनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहितकाले नेतृत्व गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























