चितवन विशेष

लायन्स ‘डिष्ट्रिक्ट ३२५ आर’को गर्भनरमा चितवनका चुके

Banner

चितवन, फागुन ८–

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ लाई चार डिष्ट्रिक्टमा विभाजन गरिएको छ । शनिबार गैंडाकोटमा सम्पन्न दशौं महाधिवेशनबाट औपचारिक रुपमा चार डिष्ट्रिक्ट विभाजन गर्दै नयाँ नेतृत्व चयन गरिएको छ ।

नयाँ सरंचना अनुसार गठन गरिएको ‘डिष्ट्रिक्ट ३२५ आर’को गर्भनरमा लायन सिद्धार्थलाल चुके, प्रथम भाईस डिष्ट्रिक गर्भनरमा लायन आर.एस महतो र द्धितीय भाईस डिष्ट्रिक गर्भनरमा लायन दिनानाथ न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । डिष्ट्रिक्ट गर्भनरमा बनेका चुके नारायणगढ निवासी हुन् । नवनिर्वाचित गर्भनर चुकेले डिष्ट्रिकको सचिवमा राजेन्द्र गौतम र कोषाध्यक्षमा सुरेश कुमार श्रेष्ठलाई मनोनयन गरेका छन् ।

यस्तै ‘डिष्ट्रिक ३२५ एन’को गर्भनरमा सिबी चन्द, प्रथम भाईस डिष्ट्रिक गर्भनरमा मुकुट ढकाल तथा द्धितीय भाईस डिष्ट्रिक गर्भनरमा विनोद कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै ‘डिष्ट्रिक ३२५ एस’को गर्भनरमा अमर बहादुर श्रेष्ठ, प्रथम भाइस डिष्ट्रिक गर्भनरमा डि.एन अग्रवाल र द्धितीय भाइस डिष्ट्रिक गर्भनरमा टासी डोल्मा तुम्बाहाम्फे निर्वाचित भएका छन् । गर्भनर श्रेष्ठ र द्धितीय भाइस डिष्ट्रिक गर्भनरमा टासी निर्विरोध निर्वाचित भएका थिए भने प्रथम भाइस डिष्ट्रिक गर्भनर अग्रवालले प्रतिस्पर्धी उमेश शाह कानुलाई १०४ मतान्तरले पराजित गरेका थिए । अग्रवालले १३२ मत प्राप्त गर्दा शाहले २८ मत मात्रै प्राप्त गरे ।

यस्तै ‘डिष्ट्रिक ३२५ पी’को गर्भनरमा नवराज न्यौपाने निर्वाचित भएका छन् । न्यौपानेले १८१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उमङ्ग देवकोटाले १२२ मत प्राप्त गरे । प्रथम भाईस डिष्ट्रिक गर्भनरमा अर्जुनमान सैंजु निर्विरोध निर्वाचित भएका छन् । द्धितीय भाईस डिष्ट्रिक गर्भनरमा ३ जना प्रतिस्पर्धी रहेकोमा पुरुषोत्तमभक्त प्रधानाङ्ग १६८ मत प्राप्त गरी विजयी बनेका छन् । उनका प्रतिस्पर्धी बलराम भट्टराईले १३२ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक डिके ढुंगानाले जानकारी दिए ।

दि नारायणी रिसोर्टम भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान रहेका थिए । प्रमुख अतिथि खेतानले महाधिवेशनका अवसरमा प्रकाशित स्मारिकाको विमोचन गर्नुका साथै उत्कृष्ट कार्यगर्ने लायनहरुलाई सम्मान समेत गरेका थिए । ‘डिष्ट्रिक ३२५ बी २’ का सचिव प्रभाकर पण्डित एवं कोषाध्यक्ष नारायणप्रसाद शर्माले प्रस्तुत गरेको आ—आफ्नो प्रतिवेदन सभाले अनुमोदन गरेको थियो ।

कोभिडका कारणले मतदातालाई मात्र उपस्थित गराई महाधिवेशन सम्पन्न गरिएको महाधिवेशन मुल आयोजक समितिका संयोजक बाल गोपाल चुकेले बताए । महाधिवेशन ‘डिष्ट्रिक ३२५ बी २’ का गर्भनर रामप्रसाद भट्टको सभापतित्वमा सम्पन्न भएको थियो । नयाँ निर्वाचित कार्यसमितिले आउँदो जुलाई महिनाबाट आफ्नो कार्यकाल शुरु गर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>