Breaking News
प्रतिनिधि सभाको बैठक आज बस्दै, होला त एमसीसी टेबुल ?
०

काठमाडौँ, फागुन ८–
प्रतिनिधि सभाको बैठक आज फेरि बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को निरन्तरत सदन अवरोधका कारण संसद बैठक औपचारिकतामा सीमित हुँदै आएको छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले आज एमसीसी टेबुल गर्ने तयारी गरेको छ । तर सत्तागठबन्धनमा भने यस बारे अझै पनि सहमति जुटेको छैन ।
बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संघीय संसदका महासचिव भरतराज गौतमले शनिबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय उल्लेख छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























