इच्छकामना

इच्छाकामनामा राप्रपाको गाउँ कमिटी गठन

Banner

चितवन, फागुन ७–

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले इच्छाकामना गाउँपालिका कमिटि विस्तार गरेको छ । सोनाम हुसेनको अध्यक्षतामा १० सदस्यीय गाउँपालिका स्तरीय कमिटी गठन गरिएको हो ।

उपाध्यक्षमा सत्संग सिलवाल, सचिवमा दिपेन्द्र खड्का, सह–सचिवमा लक्ष्मण गुरुङ, कोषाध्यक्षमा रविना खड्का चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा विवेक गुरुङ, सन्तबहादुर तामाङ, शिव मगर, रुपेश गुरुङ चयन हुनुभएको छ । कमिटी गठन भेलालाई सम्बोधन गर्दै राप्रपा केन्द्रीय सह–महामन्त्री रिना गुरुङले स्वदेशमै रोजगारी सृजना गर्न सत्तारुढ दलहरु असफल बनेको आरोप लगाउनुभयो ।

उहाँले जनताको जनजीविकामा देखा परेका समस्या समाधान गर्न वैकल्पिक शक्तिको खाँचो देखिएको बताउनुभयो । उहाँले राप्रपालेनै देशलाई विकास र राष्ट्रियताको पक्षमा लैजान सक्ने दाबी गर्नुभयो ।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य मनमाया गुरुङ, प्रदेश सदस्य जानुजंग लामा, चितवन क्षेत्र नम्बर १ का अध्यक्ष बलराम खनाल, १ ‘ख’ का अध्यक्ष हरिशरण भट्टराई, २ ‘क’ का उपाध्यक्ष निमा लामा, भरतपुर महानगर कमिटी सदस्य ओमकार महतो, महिला संगठन माडी सदस्य लक्ष्मी दाहाल लगायतको सहभागि रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>