Breaking News

प्रजातन्त्रबारे चितवनमा विमर्श: विकृत राजनीतिले सहिदको बलिदानी खेर गएको ठहर

Banner

प्रतिमा कुमाल

चितवन, फागुन ७-

अमेरिकन पिसकोरका प्रशिक्षक तथा शिक्षाविद् रमाकान्त सापकोटाले जहाँ पार्टीको मान्छेहरुको मात्र संख्या ठूलो हुन्छ त्यहाँ प्रजातन्त्र बलियो नहुने बताएका छन् ।

स्वतन्त्र विचार समाज नेपाल चितवनको आयोजनामा ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भएको यात्रा ‘प्रजातन्त्रदेखि गणतन्त्रसम्मको उपलब्धि र विसंगति’ विषयक वैचारिक विमर्शलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।

‘अमेरिकालगायत केही देशमा जनताले मन नपराए नेतृत्व र पार्टी परिवतर्न गर्ने दम राख्छन् । नेपालमा स्वतन्त्र मानिसको संख्या निकै कम छ । कुनै पनि पार्टीको सदस्य भएपछि त्यो पार्टीको नीति दृष्र्टीकोण मन परे पनि नपरे पनि स्याल भाका बोक्ने नै भइहाल्यो । पार्टीको भाका भन्दा बाहिर गए कारबाही तथा निका िहाल्छन् । ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने मान्छे कहाँ छ त । जमात कति छ त । यहाँ निर समस्या छ । त्यसैले स्वतन्त्र मान्छे चाहिन्छ,’ उनले भने । शिक्षाविद् सापकोटाले न्यायाशीश, प्रहरी प्रमुखलगायत स्वतन्त्र नभएको ठाउँमा स्वतन्त्र जनताको आशा गर्न नसकिने बताए ।

नेपाली नागरिकलाई नराम्रा नराम्राका बीचबाट एउटा नेता तथा पार्टी चुन्नु पर्ने बिडम्बना रहेको उनको भनाइ छ । राम्रा राम्राबाट एउटा सर्वउत्कृष्ठ छान्नुपर्नेमा नराम्रा नराम्राका बीचबाट रोज्न परेको बताएका हुन् ।

यस्तै सापकोटाले राजनीतिक पार्टीहरु प्रतिस्पर्धाबाट सत्तामा आउनुपर्ने बताएका छन् । जनताबाट बहिस्कार हुुने डरले चुनावी गठबन्धन गरेर जानु गलत प्रविधि हाबी भएको उनले जीकिर गरे । राजा फेरेर सुशासन नहुने बताए । बिग्रेको उदारबादलाई सही ठाउँमा ल्याउन सर्वप्रथम नेता पार्टीमा राष्ट्रियता हुनुपर्ने बताएका छन् । प्रजातन्त्र कायम गर्न समाजलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । गरिब र धनीबीचको खाडल जति बढ्छ त्यतिनै विद्रोह हुने उनले बताए ।

यस्तै अहिलेको जल्दोबल्दो विषय एमसीसी नेपालको लागि गलापासो भएको सापकोटाको भनाइ छ । उनले भने, ‘सम्झौता गरेपछि हस्ताक्षर गर्नुपर्दथ्यो । तर, यहाँ उल्टो भएको छ । हस्ताक्षर पहिला गरेर छलफल र बहस पछि भयो । एमसीसी पास भए पनि सुःख छैन नहुँदा पनि छैन् । गलापासो भइनै सक्यो ।’

२००३ साल देखि सुरुभएको खेल १८ वर्षपछि जनतामाझ आएको उनले बताए । हस्ताक्षर गर्दा अमेरिकाले पैसा दिने मात्र नेताहरुलाई लागेको हुनसक्ने उनले आफ्नो विचार पनि राखेका छन् । ‘तीन महिनामा परराष्ट्रमन्त्री फेरिन्छ । चार महिनामाअर्थमन्त्री फेरिन्छ । दुई वर्षमा सरकार परिवर्तन हुन्छ । त्यो कसैले पढ्ने मौकै पाउँदैन । के लेखेको छ, कसैले पढ्दै पढेको छैन । पैसा दिने हो । अमेरिकाले भन्ने मात्र छ । हस्ताक्षर गरुन्जेलसम्म पनि पढेको थिएन होला,’ उनले बताए ।

यस्तै अर्कौ वक्ता डा. एकनारायण पौडेलले जनताबाट जनताको लागि भन्ने प्रजातन्त्रको व्याख्या नेपालमा लागू नभएको बताएका छन् । प्रजातन्त्रका लागि प्राण दिएका पहिलो सहिद लखन थापा मगर सहिदको बलिदानी खेर गएको उनको भनाइ छ ।
भ्रष्टचार, विकृतिका कारण नेता, प्रजातन्त्र र राजनीति प्रति जनतामा वितिष्णा रहेको बताएका छन् । ‘अहिलेको पुस्ताले पूर्खाले गरेको योग्दान सुन्न चाहँदैनन् । यहाँ कुनै पार्टीको इतिहास भन्यो भने उसले कि कान थुन्छ कि टारेर जान्छ । उसमा चासो हुनुपथ्र्यो हाम्रा पूर्खाले के गरेछन् । हाम्रो भविष्य कहाँ छ,’ उनले भने ।

पार्टीले आफ्नो इतिहास र योगदान भजाएर अबको राजनीति लोकतन्त्र राम्रो र सुरक्षित हुन नसक्ने बताएका छन् । पौडेलले राजनीतिक पार्टीले विस्वास दिलाउने काम गर्नुपर्ने बताए ।

यस्तै उनले निर्वाचन प्रक्रिया कम खर्चिलो बनाउनुपर्नेमा जोड दिएका छन् । सांसद र नेता फरक–फरक व्यक्ति हुनुपर्ने जीकिर गरे । एउटै व्यक्ति एउटै पदमा दुई पटक भन्दा बढी जान नपाउने नीति आवश्यक रहेको बताए । सरकारी सबै काम विद्युतीय माध्यमबाट भए भ्रष्टाचार कम भई सुशासन ८० प्रतिशतमा आउने बताए । नीतिसँगै नेता पनि असल हुनुपर्ने उनको भनाइ छ ।

स्वतन्त्र विचार समाज नेपाल भरतपुर चितवनका अध्यक्ष दिलबहादुर बोगटीको अध्यक्षतामा भएको राष्ट्रिय प्रजातन्त्र दिवस विशेष कार्यक्रममा राजनीतिक साहित्यकार, लेखक लगायतको सहभागिता रहेको थियो । उपस्थिति सम्पूर्णले दिवसको शुभकामना व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>