चितवन विशेष

चितवन अटोमोबाइल्स डिलर्स एशोसिएसनमा पियाको नेतृत्व

Banner

चितवन, फागुन ७-

चितवन अटोमोबाइल्स डिलर्स एशोसिएसनको अध्यक्षमा राजन पिया निर्विरोध निर्वाचित भएका छन् ।

आज सम्पन्न पाँचौं वार्षिक साधाणसभा तथा तेस्रो अधिवेशनबाट आगामी दुई वर्षको लागि ११ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

एशोसिएसनको प्रथम उपाध्यक्षमा ईन्द्रप्रसाद रेग्मी, द्वितीय उपाध्यक्षमा उत्तम अधिकारी, सचिवमा विमलकुमार पौडेल, कोषाध्क्षमा यज्ञप्रसाद पौडेल, सदस्यमा रबिनकुमार श्रेष्ठ, जनककुमार ढकाल, बालकृष्ण ओली, भीमसेन श्रेष्ठ, सुरेश कुमार चौधरी चयन भएका छन् ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल का केन्द्रीय अध्यक्ष ध्रुव थापा, केन्द्रीय सदस्य गोपाल भट्टराई, नाडाका सल्लाहकार अभियन्ता गोविन्द भट्टराई, जिल्ला ट्राफिक कार्यालयका निमित्त कार्यालय प्रमुख अर्जुन पौडेल, निर्वाचन संयोजक अर्जुन अधिकारीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष ईश्वरकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो साधारणसभा तथा अधिवेशनबाट सचिवमा ईन्द्रप्रसाद रेग्मी र कोषाध्यक्ष विमलकुमार पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन अनुमोदन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>