Breaking News

स्वार्थी गठबन्धनलाई पानी मुनि गए पनि छाड्दिन, ठेगान लगाउँछु: ओली

Banner

काठमाडौं, फागुन ७-

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले अहिलेको सत्तारुढ गठबन्धनको आयु बढीमा एक वर्ष रहेको बताएका छन् ।

भक्तपुरको सूर्यविनायक अस्पतालको उद्घाटन गर्दै उनले एक वर्षपछि गठबन्धनलाई ठेगान लगाउने दाबी गरे ।

‘अब एक वर्षभित्र चुनाव आउनुपर्छ, बढीमा एक वर्ष हो यिनीहरुको आयु’ उनले भने, ‘संसारभरका ज्योतिषीलाई एकै ठाउँमा राखेर सोधे पनि त्यही भन्छन् । जस्तै पानीमुनि गए पनि कहाँ यो स्वार्थी गठबन्धन बच्न सक्छ ? पानी मुनिबाट निकालेर भए पनि ठेगान लगाइन्छ ।’

अध्यक्ष ओलीले रामायणमा मन्थराका कारण रामचन्द्र र महाभारतमा सकुनीका कारण पाण्डवहरु वनबास जानुपरेको भन्दै आफूलाई पनि स्वार्थी गठबन्धनले ‘बनबास’ पु¥याएको उनले बताए ।

‘यत्रोविघ्न मन्थरा र सकुनीहरु लागेपछि केपी प्रधानमन्त्रीबाट हट्नु कुन ठूलो कुरा भयो र ! उनले भने ‘तर फेरि चुनाव आउँछ । यहाँ १४ वर्ष पर्खिनुपर्दैन । बढीमा पाँच वर्षको कुरा हो ।‘ साढे तीन वर्षमा बल्ल ढाल्न सके । डेढ वर्षमा चुनाव आउनुपर्दथ्यो, ६ महिना गइसक्यो । अब एक वर्षको कुरा हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>