Breaking News

चितवनमा थपिए १० संक्रमित, सक्रिय संक्रमितको संख्या ४०० पुग्यो

Banner

चितवन, फागुन ७ –
चितवनमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार २६२ जनामा गरिएको पिसिआर परीक्षण र २६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १० जनामा पोजिटिभ देखिएको हो ।

यससँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४०० पुगेको छ । तीमध्ये ३८० संक्रमित होम आइसोलेसनमा छन् भने २० संक्रमित अस्पताल आइसोलेसनमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ६४ संक्रमित संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>