Breaking News
सत्तारुढ दलको बैठकः विना निष्कर्ष टुंगियो, दलहरु आ–आफ्नै अडानमा
०

काठमाडौँ, फागुन ५–
महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे सहमति खोज्न सत्तारुढ चार दलका शीर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बसेको थियो । तर दलहरु आ–आफ्नै अडानमा रहेपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (शुक्रबार) बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रले संसदको अवरोध हट्नुपर्ने पुरानै अडान दोहोर्याएको छ । त्यसपछि सहमति जुट्न सकेन ।
भोलि दिउँसो संसद बैठक बस्दैछ । संभवत सरकारले एमसीसी सदनमा टेबुल गर्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























