चितवन विशेष

चितवनमा हाडजोर्नी विशेषज्ञहरुको दुई दिने राष्ट्रिय सम्मेलन सुरु

Banner

चितवन, फागुन ५–

नेपालका नसा तथा हाडजोर्नी विशेषज्ञहरुको दुई दिने राष्ट्रिय सम्मेलन आजदेखि चितवनको भरतपुरमा सुरु भएको छ ।

भौतिक र अनलाइन उपस्थितिमा ५ सय बढी अर्थोपेडिक सर्जनहरुको सहभागितामा सम्मेलन सुरु भएको हो । आज (बिहीबार) २७औं वार्षिक सम्मेलनको नेपाल अर्थोपेडिक एशोसियसनका केन्द्रीय अध्यक्ष प्रोफेसर डा.रवीन्द्रलाल प्रधानले समुद्घाटन गरे । सम्मेलनमा भौतिक रुपमा ९० जना चिकित्सकहरुको उपस्थिति रहेको छ भने बाँकी सर्जनहरु भर्चुअल माध्यमबाट सहभागिता जनाएका छन् ।

सम्मेलनका सदस्य सचिव डा.प्रमोद लामिछानेले वर्षभरमा विभिन्न अनुसन्धानबाट पत्ता लागेका निश्कर्ष र सोधपत्ररुको प्रस्तुती सम्मेलनमा हुने भन्दै यसले नयाँ चिकित्सकहरुलाई आउने दिनमा काम गर्न थप सहयोग पुग्ने बताए ।

सम्मेलनमा ७ जना भारतीयसहित एक सय भन्दा बढी विशेषज्ञले अनुसन्धान तथा शोधपत्रहरु प्रस्तुत गर्ने नेपाल अर्थोपेडिक एशोसियसन चितवनका अध्यक्ष डा.सुरेश पाण्डेले जानकारी दिए । उनका अनुसार हाल चितवनमा ४५ जना अर्थोपेडिक विशेषज्ञ छन् भने देशभर ५६० जना विशेषज्ञ छन् । यस्तै कार्यक्रममा डा.पाण्डेले एमडी र एमबीबीएस अध्ययनरत विद्यार्थीहरुलाई लक्षित विश्वविद्यालयको पाठ्यक्रम अनुसार तयार पारेको शैक्षिक किताब समेत सार्वजनिक गरिएको छ ।

नेपाली लेखकद्धारा लेखिएको यो पहिलो अर्थोपेडिक किताब हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>