देश/प्रदेश

२०० दिनमा पनि ताला नखुलेपछि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा

Banner

काठमाडौँ, फागुन ५-

त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका छन् ।

विश्वविद्यालयका प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको २०० दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

तालाबन्दी समाधान होइन, समस्या हो । विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाउँ, अब त अत्ति भयो, विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म, विश्वविद्यालय सुधारका लागि एकजुट होऔँलगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले विश्वविद्यालयको रजिस्टार कार्यालयअघि १५ मिनेट शान्तिपूर्ण धर्ना दिएका थिए ।

प्रदर्शनकारी प्राध्यापकहरुले समस्या सहजरुपमा समाधान गर्न सकिने अवस्था रहे पनि आन्तरिक उद्देश्यले बन्द गर्दा पठनपाठनमा समस्या भएको बताएका छन् । प्रध्यापकहरुले विभिन्न विद्यार्थी संगठनहरुले आफ्नो आफ्नो स्वार्थका लागि तालाबन्दी गर्दै जाने हो भने विश्वविद्यालयका समस्या कहिल्यै समाधान नहुने बताए । उनीहरुले विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनु पर्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले विगत लामो समय यता शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>