Breaking News

फेरि सर्‍यो कांग्रेस चितवनको जिल्ला अधिवेशन, हारेको व्यक्तिले फेरि उम्मेदवारी दिन नपाइने

Banner

चितवन, फागुन ५-

नेपाली कांग्रेसल चितवनको जिल्ला अधिवेशन फेरि सरेको छ ।

कांग्रेसले चितवनसहित अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको चितवनको अधिवेशन दुई दिनपछि सारिएको सचिव केशव रिजालले जानकारी दिए । तर, अधिवेशन किन सारियो भन्ने स्पष्ट खुलाइएको छैन । कांग्रेसले प्रेषित गरेको विज्ञप्तिमा नेपाली कांग्रेसको विद्यान २०१७ को धारा ५९ को व्यवस्था र सिद्धान्तलाई आत्मसात गर्दै पार्टीको कुनै तहको अधिवेशनमा कार्यसमिति सदस्य वा पदाधिकारीमा पराजित व्यक्ति सो भन्दा माथिल्लो वा तल्लो तहको कार्यसमिति वा पदाधिकारीमा उम्मेदवार बन्न नपाइने उल्लेख गरिएको छ । तर, महाधिवेशन प्रतिनिधिको पदमा पराजित व्यक्तिले बढी निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला सभापति बाहेक अन्य पदमा उम्मेदवार दिन पाउने व्यवस्था रहेको विज्ञप्तिमा जनाइएको छ ।यसअघि झण्डै पाँच पटक कांग्रेस चितवनको जिल्ला अधिवेशन सर्दे आएको छ । कांग्रेस चितवनमा झण्डै आधादर्जन नेताहरु सभापति पदमा आकांक्षी रहेका छन् ।

कांग्रेसको चितवनसहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>