गण्डकी

गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये म्याग्दीमा स्वास्थ्य कार्यालय उत्कृष्ट

Banner

बेनी,फागुन ५-

गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये म्याग्दीमा स्वास्थ्य कार्यालय उत्कृष्ट घोषित भएको छ । गण्डकी प्रदेश स्थापना दिनका अवसरमा हरेक जिल्लामा उत्कृष्ट कार्यालय घोषणा गरिएको हो । एक महिनाअघि हरेक जिल्लामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खटिएको टोलीले विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याङ्कन गरेको थियो ।

मूल्याङ्कनमा म्याग्दीबाट उत्कृष्ट कार्यालयमा पर्न सफल भएको जानकारी आएको उक्त कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । “विषम परिस्थितिमा पनि कार्यालय र कार्यालय मातहतबाट भएका सामूहिक एकताका कारण उत्कृष्ट कार्यसम्पादन सम्भव भएको हो, प्रदेश सरकार र कार्यालयका सबैप्रति आभार व्यक्त गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

प्रदेश सरकारले मातहतका कार्यालयको सुशासन, कार्यालय व्यवस्थापन, प्रगतिलगायतको सूचकका आधारमा स्थलगत अनुगमन गरी मूल्याङ्कन गरेर उत्कृष्ट कार्यालय छनोट गरेको हो । उक्त कार्यालयले जिल्लामा कोरोना महामारीका बेला उत्कृष्ट कार्य गर्दै आएको थियो । खासगरी खोप अभियानमा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

जिल्लामा लक्षित समुदायको ९९ प्रतिशत नागरिकले कोरोनाविरुद्ध पहिलो र दोस्रो डोजको पूर्ण मात्राको खोप लगाइसकेको जनाएको सो कार्यालयले स्थानीय तह र स्वास्थ्य संस्थामा समन्वय गर्नाका साथै खोपको भ्याक्सिन, औषधि, औजार र उपकरणको आपूर्ति, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्य कार्यक्रमको अनुगमन, पृष्ठपोषणलगायत कार्य गर्दै आएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>