देश/प्रदेश
एउटै कुकुरको टोकाइबाट २० जना घाइते
०

जलेश्वर, फागुन ४–
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा कुकुरको टोकाइबाट २० जना घाइते भएका छन् ।
बजराहीको आधारभूत विद्यालयको छेउ भएर ब्रह्मबाबा स्थानसम्म जाने बाटोमा रहेको कुखुरा फाराम नजिकै बसिरहने एक कुकुरले टोकेर स्थानीयवासी २० जनालाई घाइते बनाएको हो ।
विगत तीन/चार दिनको अवधिमा सो कुकुरले स्थानीय चन्दु ठाकुर, रामआश्रे मण्डल, रमेश ठाकुरसहित आठ महिला र १२ पुरुष गरी २० जनालाई टोकेर घाइते बनाएको स्थानीयवासी चन्देश्वर साहले बताउनुभयो । घाइतेहरूले जिल्ला अस्पताल जलेश्वरमा उपचार गराएका छन् । स्थानीयवासीले सो कुकुरलाई नियन्त्रण गर्न जलेश्वर नगरपालिकासँग माग गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























