Breaking News

चितवनमा राजश्व छली रोक्न मदिरा उद्योगमाथि सीसी क्यामराबाट निगरानी

Banner

चितवन, फागुन ४-

आन्तरिक राजस्व कार्यालय भरतपुरले चितवनका मदिरा उद्योगमा राजश्व छली रोक्न क्युआर कोडसहितको डिजिटल स्टिकर जारी गरेको छ ।

मदिरा उद्योगीले कर छल्ने, नक्कली स्टिकर प्रयोग गरी राज्यलाई राजस्व क्षति हुने स्थिति नहोस् भन्नका लागि प्रविधि मार्फत् उद्योगीलाई नियमन गरिएको राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत धनश्याम पन्थीले बताए ।

कार्यालयले मदिरा उद्योगको उत्पादन स्थल र भण्डारण स्थलमा क्यामरा जडान गरी ती क्यामराको आउटपुट कार्यालय प्रमुखको कार्यकक्षमा बसेर हेर्न मिल्ने बनाएको छ । जसले गर्दा उद्योगमा कुन समयमा के काम भइरहेको छ भन्ने राजस्व प्रमुखले सिधै आफ्नै कक्षमा बसेर हेर्न र खबरदारी गर्न सक्ने छन् । त्यो आन्तरिक राजस्व विभागको सिस्टममा समेत सिधै देखिने छ । चितवनमा चर्चामा रहेको वल्र्ड दरबारसहित सात वटा मदिराजन्य उत्पादन गर्ने उद्योग र तीन वटा सुर्र्तीजन्य उद्योग रहेका छनु् । उद्योगमा २४ अ‍ैं घण्टा निरीक्षक समेत खटाएको बताउँदै पन्थीले अनुगमनका नाममा नियमित उद्योगमा गएर खबरदारी गरेर अड्कलकै भरमा दोष लगाएर राज्य ठगिस् भन्न भन्दा पनि प्रविधि मार्फत् नियमन गरि ठगी हुनै नदिनका लागी आफूले यस्तो प्रयास थालेको बताए । यसो गर्दा कुनै पनि उद्योगीले एक बोत्तलमा पनि राजस्व छली गर्न नपाउने उनको भनाइ छ ।
खराब नियत भएका राजस्वकै कर्मचारी भए पनि प्रविधि जडान भएपछि उनीहरुले पनि खराब काम गर्न नसक्ने पन्थी बताउँछन् । चितवनमा करिब ७० प्रतिशत राजस्व मदिरा जन्य उद्योगबाटनै प्राप्त हुने गरेको छ । आफू आन्तरिक सुधारदेखि कर प्रशासनलाई प्रभावकारी बनाउन समुन्नत कर प्रणालीको विकासमा लागेको पन्थीले बताए ।

करदाता शिक्षा सञ्चालन, सचेतनाका काम, विद्युतीय भुक्तानीलगायतका काममा करदातालाई जागरुक बनाएको उनी बताउँछन् । बजारमा अहिले पनि भ्याट बिल जारी नगर्ने समस्या रहेकाले त्यसलाई आफूहरुले नियमित अनुगमन गरेर खवरदारी गर्ने गरिरहेको समेत उनले दाबी गरे । अहिले हरेक दिन कर अधिकृत बजारमा परिचालन गरेको उनी बताउँछन् । साना व्यवसायीलाई छुट र अरु धेरै कुरामा भ्याट छुटका सुविधा भएकाले राजस्व भने बिगतको वर्षको तुलनामा अहिले अलि घटेको उनको भनाइ छ ।

कार्यालयमा सेवाग्राहीलाई सहज

आफू आएपछि कार्यालय सुधारमा धेरै काम गरेको र अहिले ९० प्रतिशत काम करदाताले घरमै बसेर अनलाइनबाट काम गर्न सक्ने ब्यवस्था गरेको  प्रमुख कर अधिकृत धनश्याम पन्थीले दाबी गरे । अब लाइनमा बसेर काम गर्न नपर्ने उनी बताउँछन्, ‘करदाता दर्ता हुदा बायो म्याटिक गर्न, अन्तशुुल्क रिन्यु गर्न, कम्पनी खारेज गर्न र अनुसन्धानका काममा कार्यालयले बोलाएको बेला मात्रै कार्यालयमा आउनु पर्ने त्यस बाहेक अरु काममा कार्यालयमा आउनु नपर्ने उनी बताउँछन् । उनले कार्यालयको परिसरसमेत निकै अकर्षक र व्यवस्थित बनाएका छन् । बिगतको तुलनामा कार्यालयको स्वरुपनै परिर्वतन गरेको उनको दाबी छ ।

कार्यालयको सेवा प्रवाहमा धेरै सहज भएको र कर्मचारीको काम गराई बिगतका वर्षमा भन्दा अहिले धेरै प्रभावकारी र व्यवस्थित भएको पाएको करदाता अनिल शाहीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>