Breaking News

चितवनमा एमसीसीको विरोधमा माओवादी केन्द्रका जनवर्गीय संगठनको प्रदर्शन (फोटो फिचर)

०
Banner

चितवन, फागुन ४–

अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकटका विद्यार्थीहरुले चितवनमा प्रदर्शन गरेका छन् ।

वाईसीएल चितवन र अनेरास्ववियु (क्रान्तिकारी) चितवनले आज (बुधबार) दिउँसो भरतपुरमा प्रदर्शन गरेका हुन् । भरतपुरको चौविसकोठीदेखि सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालयमा पुगेरमा कोणसभामा परिणत भएको थियो । उनीहरुले सो क्रममा एमसीसीविरुद्ध चर्को नाराबाजी गरेका थिए । विद्यार्थीहरुले कुनै पनि हालतमा एमसीसी पास हुन नदिने र जस्तोसुकै बलिदानी दिन पनि विद्यार्थीहरु तयार रहेको बताएका थिए ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)का बागमती प्रदेश अध्यक्ष सुरज सिंह ठकुरीले अहिले देश दुई कित्तामा विभाजन भएको भन्दै माओवादी केन्द्र देश जोगाउने पक्षमा लागि परेको बताए । उनले अर्को पक्ष देशलाई विदेशीको क्रिडास्थल बनाउने अभियानमा लागेको भन्दै त्यसलाई चिर्नका लागि युवा विद्यार्थीहरु सडकमा उत्रिनुपर्ने बताए । ‘हाम्रा अग्रजहरु हिजो अंग्रेजहरुसंग लडेर स्वाधिन बनाएको यो देश नेपाललाई अब कसैको युद्ध मैदान हुन दिने छनौं’–ठकुरीले भने । उनले देशको स्वाधिनतालाई रक्षा गर्नका लागि फेरि मर्न पर्ने दिन आएको भन्दै यसका लागि सबै तयार हुन आवश्यक रहेको बताए ।

यस्तै विरोध सभामा बोल्दै वाइसीएल बागमती प्रदेश सह–संयोजक सन्तोष पनेरुले देशको अस्मिता र स्वाधिनता जोगाउनका लागि सांकेतिक बिरोध कार्यक्रम गरिएको बताए । उनले देशको कानुन भन्दा माथि रहने गरि आउन लागेको एमसीसीलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने भन्दै यथास्थितिमा एमसीसी पारित हुनै नसक्ने बताए । ‘चितवनका विद्यार्थीहरु बलभद्र कुवँर नालापानीको आन्दोलनमा मरे जस्तै मर्न तयार छन्, एमसीसी पारित हुन दिन्नौं’–सह–संयोजन पनेरुले भने ।

विरोध कार्यक्रम विद्यार्थी नेता अविनास रम्तेलले संचालन गरेका थिए । वाइसीएल चितवनका संयोजक रामु गोदारको अध्यक्षतामा सम्पन्न भएको थियो । विरोध प्रदर्शनमा वाइसीएल चितवनका इन्चार्ज साजन अधिकारी, युवा नेता अविरल पोखरेल, विद्यार्थी नेतृ रुकु बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>