Breaking News

एमसीसी जबरजस्ती पारित गर्न खोजिए सरकार छाड्ने माओवादी केन्द्रको निर्णय

Banner

काठमाडौँ, फागुन ४–

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमसीसीलाई लिएर सरकार छाड्ने चेतावनी दिएको छ ।

आज (बुधबार) बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको हो। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले गठबन्धनको सहमतिबिना सरकारले एमसिसी टेबल गरे गठबन्धन भत्किने र आफूहरु सरकारबाट बाहिरिने बताए ।

आज दिउँसो संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबुल हुने प्रवल संभावना रहेको छ । त्यसैको विरोध स्वरुप माओवादीले आफ्ना जनवर्गीय संगठनहरुलाई आज देशभर प्रदर्शन गर्न निर्देशन समेत दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>