चितवन विशेष

एमाले चितवन जिल्ला सदस्यमा निर्वाचितलाई सम्मान

Banner

चितवन, फागुन ४–

नेकपा एमालेको दशौँ महाधिवेशनबाट चितवन जिल्ला सदस्यमा निर्वाचितहरुलाई सम्मान गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं १ का सन्देश कुमार श्रेष्ठ, प्रह्लाद प्रधान तथा लेखा आयोग सचिव राजेन्द्र कुमार पियालाई एक कार्यक्रमकाबीच स्वागत तथा सम्मान गरिएको छ। नेकपा एमाले भरतपुर महानगरपालिका वडा न १ कमिटीका अध्यक्ष शुक्रकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य नारायण अधिकारी प्रमुख अतिथि रहेका थिए।

सम्मानप्रति धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित सदस्यहरूका तर्फबाट लेखा आयोगका सचिव राजेन्द्र कुमार पियाले नेकपा एमालेलाई थप मजबुत तथा लोकप्रिय पार्टीको रूपमा स्थापित गर्न आफूहरू जुनसुकै मूल्य चुकाउन तयार रहने बताए । उनले आफूलाई सुम्पिएको जिम्मेवारी पनि इमान्दार भई पूरा गर्ने प्रतिबद्धता जनाए ।

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा डटेर लाग्न निर्देशन दिँदै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमाले बागमती प्रदेश सदस्य नारायण अधिकारीले भरतपुर महानगरपालिकाका २९ वटै वडामा नेकपा एमालेले जितको झन्डा फहराउने उद्घोष गरे । भरतपुर महानगरवासीको जीवनमा विकास तथा समृद्धिको आभाष दिलाउने प्रमुख उद्देश्यका साथ लाग्न पनि उनले सम्पूर्ण कार्यकर्ताहरूलाई आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>