Breaking News
चितवनमा बन्दको प्रभाव न्यून (फोटो फिचर)
०

चितवन, फागुन ४–
अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा आह्वान गरिएको नेपालको बन्द चितवनमा न्यून मात्रामा परेको छ ।
साना ६ दलको आह्वानमा बन्द गरिए पनि साना तथा ठूला सवारी साधनहरु निर्वाध रुपमा चलिरहेका छन् । स्थानीय रुटका म्याजिक, मिनी बस र निजी सवारी साधनहरु निर्वाध रुपमा चलिरहेको चितवन प्रहरीले जनाएको छ । बजारहरु खुल्ने क्रममा रहेका छन् । प्रहरीका अनुसार अहिलेसम्म पनि कुनै पनि अप्रिय घटना भएको छैन ।

बन्दमा अप्रिय घटना नहोस् भन्नका लागि नारायणगढ, भरतपुरलगायतका स्थानहरुमा बाक्लो मात्रामा सुरक्षा तैनाथ गरिएको छ । बन्द कर्ताहरु नारायणगढको लायन्स चोक र पुलचोकमा एमसीसीको विरोधमा नाराबाजी गरिरहेका छन् ।
बन्दको पूर्वसन्ध्यामा हिजो साँझ नारायणगढमा मसाल जुलुस समेत निकालिएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























