देश/प्रदेश

माओवादीको संसदीय दलको बैठक आज बस्दै

Banner

काठमाडौँ, फागुन ४–

प्रतिनिधिसभामा आफ्नो दलको उपस्थितिलाई प्रभावकारी बनाउने ध्येयका साथ नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दैछ । सत्तारूढ दलको रूपमा रहेको माओवादीले आज बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो ।

माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि माओवादीले समसामयिक राजनीतिक विषयमा सांसदलाई जानकारी गराउने उद्देश्यले बैठक बोलाइएको हो ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग भएको सम्झौता अनुमोदका लागि पेश गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>