खेलकुद

राष्ट्रिय महिला फुटबलको पहिलो चरणका खेल चितवनमा हुने, एन्फा र भरतपुर महानगरबीच सम्झौता

Banner

चितवन, फागुन ३–

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको पहिलो चरणका खेलहरु चितवनमा हुने भएका छन् । यसका लागि मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ ।

प्रतियोगिताका आयोजनाका लागि एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र महानगर प्रमुख रेनु दाहालबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता हस्तान्तरण कार्यक्रममा उपमेयर पार्वती शाह ठकुरी, महानगरका प्रवक्ता अरुणपीडित भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिति रहेको थियो । महानगरले प्रतियोगिता आयोजना बापत २० लाख रुपैयाँ दिने सम्झौता गरेको छ । प्रतियोगिता अन्तरगतका खेलहरु भरतपुर–७ स्थित कृष्णपुरमा रहेको फुटबल मैदान र भरतपुर–१९ मा रहेको फुटबल मैदानमा हुनेछन् ।

प्रतियोगितामा कुल ८ टिम सहभागिता जनाउँदै छन् । जसमा विभागीय टोलीहरु नेपाल एपीएफ फुटबल क्लव, त्रिभुवन आर्मी फुटबल क्लव र नेपाल पुलिस क्लव रहेका छन् भने अन्य टोलीहरुमा वालिङ नगरपालिका, विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका रहेका छन् ।

धनगढी र ललितपुर गतवर्ष सम्पन्न मेयर कप राष्ट्रिय महिला लिगबाट यस प्रतियोगिताका लागि छनोट भएका हुन् ।

प्रतियोगिताको पहिलो चरणका खेलहरु चैतको दोस्रो सातादेखि सुरु हुँदैछ ।

महिला फुटबको विकासका लागि भरतपुरमा प्रतियोगिता गर्न सहयोगी भूमिका निर्वाह गरिएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>