Breaking News
टि–२० विश्वकप छनोट खेल्ने १४ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं, फागुन ३–
आइसीसी टि–२० विश्वक छनोट खेल्न ओमान पुगेको नेपाली क्रिकेट टोलीको अन्तिम १४ सदस्यीय टोली घोषणा गरिएको छ । ओमान चारदेशीय सिरिजका लागि पुगेको १७ खेलाडीबाट प्रशिक्षक पुबुदु दासानायकेले १४ सदस्यीय विश्वकप छनोट खेल्ने टोली घोषणा गरेका छन् ।
टि–२० सिरिजमा सहभागिता जनाएका कुशल मल्ल, प्रदीप ऐरी र शाहब आलम बाहिरिएका छन् । उनीहरुलाई वैकल्पिक खेलाडीको सूचीमा राखिएको छ । विश्वकप छनोट प्रतियोगिता यही फागुन ६ गतेदेखि ओमानमा सुरु हुँदैछ । नेपाल पहिलो खेलमा फागुन ६ गते घरेलु टोली ओमानसंग विहान ११ः४५ बजे खेल्दैछ । यस्तै दोस्रो खेलमा फिलिफिन्स र समूहको अन्तिम खेलमा क्यानडासंग खेल्दै छ ।
८ टिम सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । फाइनल पुग्ने दुई टोली यसैवर्ष अष्ट्रेलियामा हुने टि–२० विश्वकपमा छनोट हुनेछ ।
१४ सदस्यीय नेपाली टोलीः
सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, अशिफ शेख, अभिनाष बोहोरा, जितेन्द्र मुखिया, कमल सिंह ऐरी, विवेक कुमार यादव, लोकेश बम, सागर ढकाल, गुल्सन झा ।
टिम अफिसियलः
पुबुदु दासानायके (मुख्य प्रशिक्षक)
धमिका प्रसाद (कन्सलटेन्ट प्रशिक्षक)
विक्रम न्यौपाने (फिजियो)
रमन शिवाकोटी (एनालिष्ट)
सुमनराज कार्की (म्यानेजर)
























