Breaking News
नेपाली कांग्रेसले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ एक महिने अभियान सुरु गर्ने

काठमाडौँ, फागुन ३–
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन लक्षित अभियान थाल्ने भएको छ ।
आज (मंगलबार) बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गर्ने निर्णय गरेको हो । यस अभियानलाई अघि बढाएर पार्टीको सबै तह, सबै भ्रातृ र शुभेच्छुक संस्था सम्पूर्ण रुपले एक्यवद्ध भएर सहभागी हुने निर्णय गरेको छ । यस अभियान फागुन २० गतेदेखि चैत २० गतेसम्म चल्ने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
यस्तै बैठकले स्थानीय निर्वाचन २०७९ बैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै सम्पूर्ण एकता र सम्पूर्ण सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । बैठकले स्थानीय निर्वाचन घोषणा पत्र तयारी समिति सभापतिले आवश्यक परामर्श गरी अविलम्व गठन गर्ने निर्णय गरेको छ ।
संगठन सुदृढीकरण गर्दै आगामी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई सबै स्थानीय तहमा विजयी गराउने लक्ष्यका साथ कांग्रेस अघि बढेको छ ।
























