बजार

यती ब्लण्ड–प्रिमियम क्राफ्ट बियर सार्वजनिक

Banner

चितवन, फागुन ३-

यती ब्रुअरीले नयाँ बियर यती ब्लण्ड सार्वजनिक गरेको छ ।

‘स्पिरिट अफ द माउन्टेन्स’ स्लोगन बोकेको यस नौलो उत्पादन एक प्रिमियम क्राफ्ट बियर हो ।

कम्पनीले विज्ञप्तिमा बियर उत्साहीहरूलाई लक्षित गरिएको यती ब्लण्ड बियरले हिमाली आभास झल्काउँने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीको उद्देश्य रहेको जनाएको छ ।

कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्टर प्राकृतिक हिमाली पानीबाट तयार पारिएको छ । यती ब्लण्ड प्रिमियम क्राफ्ट बियरमा अल्कोहलको मात्रा ५.२ प्रतिशत रहेको छ । यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर, पुल–अफ क्याप सहित ३३० मिली र ६५० मिलीको बोतलमा उपलब्ध छ । जसको आकर्षक मूल्य क्रमशः १८० र ३५० रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>