Breaking News

एमसीसीको पक्षमा मतदान गर्ने नेपाली कांग्रेसको निर्णय

०
Banner

काठमाडौँ, फागुन ३–

संसदमा अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पेश हुने अन्तिम चरणमा रहेको बेला सत्तारुढ नेपाली कांग्रेसले एमसीसी संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ ।

आज (मंगलबार) सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड दिँदै एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलले, केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषदले २५ माघ २०७५ मा एमसीसी अनुमोदान सम्झौता संसदमा पेश गर्ने र अनुमोदन भएपछि दातृ निकायलाई जानकारी गराउने निर्णय गरेको र त्यसअनुसार २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता भएको स्मरण गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>