अर्थ

मगर सङ्घलाई ५० हजार

Banner

गण्डकी, ३ फागुन –

रोजगारीको सिलसिलामा बहराइनमा रहनुभएका रामबहादुर थापामगर र हेमबहादुर थापामगरले मगर सङ्घ कास्कीलाई आर्थिक सहयोग गर्नुभएको छ ।

आफ्ना दिवङ्गत बाबु बालसिंह र आमा विष्णुकमारी थापामगरको स्मृतिमा दाजुभाइले सङ्घको भौतिक स्तरोन्नतिका लागि रु ५० हजार ५५५ आर्थिक सहयोग गर्नुभएको हो ।

नेपालका प्रथम शहीद लखन थापामगरको १४५औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल मगर सङ्घ जिल्ला सचिवालय सदस्य देउकुमारी थापामगरले अध्यक्ष सङ्गीता पुनमगरलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । (रासस) 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>