अर्थ

मिर्गाैला पीडितलाई डेढ लाख सहयोग

Banner

तनहुँ, ३ फागुन

तनहुँको व्यास नगरपालिका ५ चुँदेर निवासी मिर्गाैलाबाट पीडित एक व्यक्तिलाई करिब डेढ लाख आर्थिक सहयोग गरिएको छ । दुवै मिर्गौलामा समस्या भएका ४४ वर्षीय थमनबहादुर थापाको उपचारका लागि सोमबार रु एक लाख ४६ हजार ६३५ सहयोग गरिएको हो । चुँदेर घर भई हाल बुटवलमा बस्दै आउनुभएका उहाँका काका देवबहादुर थापाले सङ्कलन गरी ल्याएको रकम पीडितको उपचारका लागि हस्तान्तरण गरिएको हो ।

व्यास नगरपालिका–५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठको रोहवरमा सङ्कलन गरेर ल्याइएको रकम थापाले पीडित परिवारलाई उपलब्ध गराउनुभएको हो । सोही अवसरमा साउदी अरबबाट सङ्कलित रु ३० हजारसमेत पीडितलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो । आर्थिक अवस्था कमजोरीका कारण मिर्गाैला प्रत्यारोपण गर्न नसक्नुभएका थापा उपचारको खोजीमा भाँैतारिँदै आउनुभएको छ ।

चिकित्सकले रु १२ देखि १३ लाख उपचारमा खर्च लाग्ने जनाएको छन् । थापाका दुई छोरा छन् । अहिलेसम्म उपचार गर्दा रु. सात लाखभन्दा बढी रकम खर्च भइसकेको पीडित थापाले जानकारी दिनुभयो । हप्तामा दुईपटक डायलासिस गर्नुपर्ने र एक पटकमा रु साढे सात हजार खर्च हुने उहाँले बताउनुभयो । भारतमा २० वर्षसम्म सुपरभाइजरको पदमा काम गर्नुभएका थापा मिर्गाैला फेल भएपछि नेपाल फर्कनुभएको हो । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>