Breaking News

टि–२० बरियताः नेपाल एक स्थान तल झर्‍यो

Banner

काठमाडौँ, फागुन ३–

चारदेशीय टि–२० सिरिजमा लगातार दुई खेल हारेको नेपाल बरियतामा समेत खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पछिल्लो टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको हो । नयाँ वरीयता अनुसार नेपाल १३औं स्थानमा झरेको हो । यसअघि नेपाल १२औं स्थानमा थियो ।

ओमानमा भएको चारदेशीय सिरिजमा नेपालले पहिलो खेलमा ओमानलाई पराजित गरेको थियो । तर त्यसपछि युएई र आयरल्याण्डसँग लगातार पराजित भयो । सोमबार भएको खेलमा आयरल्याण्डलाई १२७ रनमा रोके पनि ब्याटिङ नचल्दा नेपालले टेष्ट मान्यता प्राप्त टिमलाई पहिलो पटक हराउने अवसर गुमाएको थियो ।

आयरल्याण्डलाई नेट रनरेटले पछि पार्दै सिरिजको उपाधि जितेको यूएई नेपाललाई पछि पार्दै १२औं स्थानमा उक्लेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>