Breaking News

प्रेमदिवस मनाउन चितवनको मेघौलीमा आन्तरिक पर्यटक,होटल भरिभराउ

Banner

प्रतिमा कुमाल

चितवन, फागुन २

प्रणय दिवस (भ्यालेन्टाइस डे) को दिन पर्यटकीय क्षेत्र चितवनको मेघौली र गोलाघाटका होटलहरु भरिभराउ भएका छन् । काम सकेर गोलाघाट सूर्यास्त हेर्न तथा हर्स उल्लासका साथ प्रेम दिवस मनाउन पर्यटकहरुको लर्को लागेको त्यहाँको व्यवसायीहरुले बताएका हुन् ।

मेघौली पर्यटन विकास बोर्डका अध्यक्ष सचिव पिताम्बर अर्यालले मेघौली र गोलाघाटका होटल, लज, होमस्टेहरु पर्यटकले फूल जस्तै सजिएको बताए । बिहान र दिउँसो सुनसान भए पनि साँझ पर्दै गए पछि आगमन बढ्दै गएको उनको भनाइ छ । उनले भने, ‘छुट्टीको दिन नपरेकोले आज दिउँसोसम्म खाली थियो । साँझ पर्दै गएपछि आन्तरिक पर्यटकको लर्को लागेको छ । प्रणय दिवस शनिबार परेको भए मेघौलीका खुट्टा टेक्ने ठाउँ हुदैन थियो । ’

अर्यालले रोजगारीमा रहेकाहरु डिउटी सकेर आउनुपर्दा केही समय सुनसान जस्तै देखिएको जीकिर गरे । थारु सामुदायिक होमस्टे मेघौलीका अध्यक्ष सोमलाल महतोले होमस्टेहरु पर्यटकको आगमन राम्रो रहेको बताएका छन् । मेघौलीमा ८ वटा होमस्टे रहेका छन् । ती सब साँझसम्म भरिने विश्वास व्यक्त गरे । होमस्टेले एक दिनमा ५० जनासम्मलाई सेवा दिन सक्ने उनको भनाइ छ ।

यस्तै भरतपुर महानगरपालिका–२८ जितपुरमा रहेको ब्राही जंगल लज भने ६० प्रतिशतसम्म भरिएको छ । लजका म्यानेजर सुवास गुरुङले होटल ६० प्रतिशत अकुपाइ रहेको जानकारी दिएका हुन् । उनले प्रेमदिवसलाई अझै रोमाञ्चक बनाउनलाई म्युजिक इभेन्ट पनि रहेको बताए । साथै आज थारु र कुमाल समुदायको नृत्य पनि रहेको उनको भनाइ छ ।

उता सौराहामा भने सुनसान रहेको छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले पर्यटकको केही चलहपहल भए पनि होटलहरु खाली रहेको बताएका छन् । साँझसम्म ५० देखि ६० प्रतिशतसम्म होटलहरु भरिने उनले आशा व्यक्त गरे । उनले भने, ‘प्रेम दिवस मनाउन परिवार, साथीहरुसँग आन्तरिक पर्यटक आएका छन् । तर, यहाँ होटलहरु, लजहरु खाली छ । कोरोनाभन्दा पहिला अग्रिम बुकिङ हुन्थ्यो । विगतका समयमा यस दिन सौराहा पर्यटकले भरिभराउ हुने गरेको भट्टराईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>