Breaking News

चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दियो, श्रीमतीको मृत्यु, श्रीमान् र छोरी घाइते

Banner

चितवन, फागुन २-

चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

चितवन ट्राफिक प्रहरी कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना७ ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङकरले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३२ प ८२४८ नम्बरको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिँदा भरतपुर महानगरपालिका–१८ की ३१ वर्षीय अम्बिसा गुरुङको ज्यान गएको हो । उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मृतक गुरुङको तीन वर्षीय छोरी र श्रीमान् घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>