Breaking News

चितवनका प्रजातान्त्रिक सेनानी गुणराज पाठकको निधन

Banner

चितवन, फागुन २–

चितवनका प्रजातान्त्रिक सेनानी ७९ वर्षीय गुणराज पाठकको निधन भएको छ ।

पाठकको आज (सोमबार) विहान ४ः४५ बजे निधन भएको नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । भरतपुर–१४ निवासी पाठक नेपाली कांग्रेसका निडर र हक्की स्वभावका नेता थिए । सत्याग्रही प्रजातन्त्रका सेनानी पाठक कांग्रेको पूर्व महासमिति सदस्य एवं शैक्षिक व्यक्तित्व थिए ।

उनी नेपाल रेडक्रसलगायत विभिन्न सामाजिक संस्थाको संस्थापक नेतृत्वकर्ता भएर सामाजिक अभियानमा होमिएका थिए । वि.सं.१९९९ पुस २५ मा जन्मिएका पाठक २०४२ सालको सत्याग्राही आन्दोलनको नेतृत्वकर्ता मध्येका एक थिए थिए ।

यस्तै उनी २०४३ सालमा प्रधानपञ्चमा समेत निर्वाचित भएका थिए । पाठकको निधनले कांग्रेसलाई ठूलो क्षति पुगेको सभापति श्रेष्ठले बताए । पाठकको आजै देवघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको सभापति श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>