Breaking News

चारदेशीय टि–२० सिरिजः नेपाल आज टेस्ट राष्ट्र आयरल्याण्डसंग भिड्दै

Banner

काठमाडौँ, फागुन २–

ओमानमा जारी चारदेशीय टि–२० सिरिज अन्तरगत आज नेपालले अन्तिम खेलमा टेस्ट राष्ट्र आयरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।
खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार अपराह्न ३ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा ओमानलाई हराएको नेपालले दोस्रो खेलमा भने युएईसंग पराजित भएको थियो । आजको खेलमा जित हात पारे नेपाल उच्च मनोबलका साथ आइसीसी टि–२० विश्वकप ग्लोबल क्वालिफायर खेल्ने छ ।

पहिलो दुई खेलमा सबै युवा खेलाडीलाई जाँचेको नेपालले आज बलियो टिम तयार पार्ने अपेक्षा छ । सुरुवाती दुई खेलमा विश्राम गरेका ओपनर कुशल भुर्तेल र युवा अलराउण्डर करन केसी आज मैदानमा उत्रिने संभावना रहेको छ ।

ओमानमै १८ फेब्रुअरीदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ को तयारी स्वरुप सिरिज आयोजना गरिएकोले नेपालले ओमान भ्रमणमा पहिलोपटक परेका खेलाडीहरुलाई सिरिजमा खेलाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>