Breaking News

चितवनमा ५६ हजार बढी विद्यार्थीले लगाए मोडर्ना खोप, चिकित्सक भन्छन्: स्वास्थ्य सावधानी नछाडौं

Banner

पूजा ढकाल

चितवन, फागुन १-

चितवनमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका ५६ हजार ७८१ विभिन्न विद्यालयका विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् ।

पछिल्लो समय तीव्र गतिमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न स्वास्थ्य कार्यालय चितवनले माघ २३ गतेबाट जिल्लामा खोप अभियान सुरु गरेको हो ।
उक्त खोप अभियान विशेष गरी १२ —१७ वर्ष उमेर समूहका कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको कार्यालयले जानकारी दियो ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार उक्त खोप अभियानमा भरतपुर महानगरपालिकाका ३३ हजार ५८५, खैरहनी नगरपालिकाका ५३५, माडी नगरपालिकाका तीन हजार ११४, रतन्नगर नगरपखलिकाका आठ हजार ७१६ बालबालिकाले खोप लगाएका छन् ।

त्यस्तै राप्ती नगरपालिकाका चार हजार ९२७ , कालिका नगरपालिकाका तीन हजार ६५२ , इच्छाकामना गाउँपालिकाका दुई हजार २५२ गरी सो खोप अभियानमा जिल्लाका ५६ हजार ७८१ बालबालिकाले मोर्डना खोप लगाएका हुन् । कार्यालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार जनसंख्याको हिसाबमा सबै भन्दा धेरै भरतपुर महानगरपालिकाका बालबालिकाले खोप लगाएका छन् भने सबै भन्दा कम खैरहनी नगरपालिकाका बालबालिकाले लगाएका छन् ।

खैरहनी नगरपालिकामा चितवनमा नै सबैभन्दा पहिले मकवानपुरबाट बचेको खोप लगाइएको थियो । तर, हतारमा खोप लगाउन सुरु गरेकोले धेरै बालबालिका खोप लगाउन छुटेका थिए । यस क्षेत्रमा धेरै बालबालिका खोप लगाउन छुटेकाले पुनः माघ २३ गतेबाट बालबालिकालाई खोप लगाइएको हो ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलका अनुसार पूर्ण डोज लाएका किशोरकिशोरी कोरोना संक्रमित हुने सम्भावना एक्दमै कम हुने गर्छ । यदि खोप लगाएका बालबालिका तथा किशोरकिशोरीले नलगाएकासँग बसे पनि संक्रमण फैलने न्युन सम्भावना रहन्छ । एक पटक पूर्ण डोज लगाएको खापले ६ महिनासम्म काम गर्ने, कोरोना लागेको खण्डमा मृत्यृ र यसको जटिलतालाई कम गर्ने डा. पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए ।

त्यस्तै डा. पौडेल भन्छन् ‘चितवनका विद्यालयमा तत्काल सञ्चालन गरिएको र खोप लगाएका तथा नलगाएका बालबालिका एकै ठाउँमा बस्दा अझै पनि जिल्लामा संक्रमण फैलिन सक्ने सम्भावना धेरै छ ।’ सबै सर्वसाधरणलाई स्वास्थ्य मापदण्डको पालना गर्न उनले अनुरोध गरे । उनले चितवनमा संक्रमण फैलिने दर भने अब आउने नयाँ भेरियन्टमा भर पर्ने नारायणी अनलाइनलाई जानकारी दिए । नेपालमा सर्वप्रथम सन् २०२१ जनवरी २७ बाट खोप अभियान सुरु भएको थियो । खोप अभियानलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>