बजार

डिसहोमले ल्यायो चार गुणा छिटो चल्ने मेगा–फाई इन्टरनेट

Banner

चितवन, फागुन १-

डिशहोम फाइबरनेटले चार गुणा बढी स्पिड भएको मेगा–फाई इन्टरनेट ल्याएको छ ।

कम्पनीले आज प्रेषित गरेको विज्ञप्तिअनुसार डिशहोमले हाई स्पिड इन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपीएस स्पिडको इन्टरनेट प्याकेज ल्याएको हो ।

नेपालमा नै पहिलो पटक लेटेस्ट वाइफाइ टेक्नोलोजीको वाइफाइ ६ राउटर र मेस नोड मार्फत् ग्राहकले हाई स्पिड ईन्टरनेटको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ । यसले ल्याएको राउटर अहिले बजारमा पाइने राउटर भन्दा चार गुना छिटो चल्ने कम्पनीको दाबी छ । कम्पनीको इन्टरनेटमा आर्टिफिसियल इन्टेलिजेन्स, जीगाबिट एक्सेस, डुवल व्यान्ड स्मार्ट स्टेरिङ, सिमलेस रोमिङ, मल्टी लेभल प्रोटेक्सन र मोर कनेक्सन जस्तो जस्ता विशेषताहरु वाई–फाई ६ राउटरमा रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>