Breaking News

चार देशीय टि–२० सिरिजः युएईद्धारा नेपालसामु १९३ रनको लक्ष्य पेश

Banner

काठमाडौँ, माघ २९–

ओमानमा जारी चार देशीय टि–२० सिरिज अन्तरगत युएईले नेपालसामु १९३ रनको विशाल लक्ष्य पेश गरेको छ । अलमरेटमा टस हारेर पहिले व्याटिङ गरेको युएईले चिराग सुरीको अर्धशतकीय पारीमा ३ विकेटको क्षतिमा १९२ रन बनायो ।

सुरीले ५३ बलमा ८४ रन बनाउदै अविजित रहे । उनले ५ चौका र ५ छक्का प्रहार गरे । यस्तै मोहम्मद बोटा १४ रनमा अविजित रहे । उनले एक चौका र एक छक्का प्रहार गरे । रोहन मुस्ताफा ४९ रनमा आउट भए । मुहम्मद वासिम २२ र बासिल हामिद १७ रनमा आउट भए ।

नेपालको प्लेइङ ११ः

आशिफ शेख, लोकेश बम, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, विवेक यादव, सन्दीप लामिछाने, कमल सिंह ऐरी, जितेन्द्र मुखिया र शाहब आलम

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>