Breaking News

युएईविरुद्ध नेपालः नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्दै

Banner

काठमाडौँ, माघ २९–

चार देशीय टि–२० सिरिज अन्तरगत आज दोस्रो खेलमा नेपाल युएईसंग प्रतिस्पर्धा गर्दैछ ।

अलमरेटमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको छ । कप्तान सन्दीप लामिछानेले फिल्डिङ रोजेपछि नेपाल आक्रमणमा उत्रिदै छ । नेपालले आज युवा व्याटर लोकेश बमलाई डेब्यु गराएको छ । उनलाई भरपर्दा व्याट्सम्यान शरद भेषवाकरले डेब्यु क्याप उपलब्ध गराएका छन् । नेपालले सिरिजको पहिलो खेलमा हिजो घरेलु टोली ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालले आज तीन खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा लोकेश बम, जितेन्द्र मुखिया र शाहब आलमले मौका पाएका छन् ।

नेपालको प्लेइङ ११ः

आशिफ शेख, लोकेश बम, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, विवेक यादव, सन्दीप लामिछाने, कमल सिंह ऐरी, जितेन्द्र मुखिया र शाहब आलम

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>